Innovative Solution and Research Center को स्थापना २०७६ सालमा भएको हो । सहकारी क्षेत्रमा आवद्ध सहकारीकर्मी, सहकारी विज्ञ, शोधकर्ता र विद्यार्थीहरुका लागि आवश्यक पर्ने तालिम, गोष्ठी, सेमिनार लगायत सहकारी संघसंस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कार्यविधि तयारीमा सहयोग पुर्‍याउने उद्येश्य रहेको छ । यस संस्थाको सेवा नेपाल राज्यभर सहज र सरल तरिकाले उपलब्ध हुनेछ । यस संस्थाबाट सञ्चालन हुने तालिम, गोष्ठी तथा सेमिनारहरुमा सहकारी क्षेत्रमा लामो समय योगदान गरेका व्यक्तिहरु श्रोत व्यक्तिको रुपमा रहने छन् । सहकारी क्षेत्रसंग समबन्धित हरेक समस्याहरुको समाधानमा यो निकाय सधै सक्रिय रहनेछ ।